Sunday, January 26, 2020

How to Integrate ICT in Classroom Teaching?

Information Communication and technology(ICT) in education is a tool which is used in education to enhance, support and deliver educational contents/information to the targeted people. Now a days ICT taken as important tool in classroom teaching. ICT helps students to get digital content whereas for teacher makes easy preparation of lessons and deliver the content in the classroom. It does not mean that ICT is only the computer literacy, but it is the tool which can be used to enhance the teaching learning activities. There are several benefits of using ICT in education.

Benefits of Using ICT in Education
  • No barrier for learning, open learning sources are available
  • Enhance student’s motivation
  • Increase the habit of learning by doing
  • Provide effective, up to date and clear conceptual knowledge
  • Active and independent learning
  • Immediate evaluation after the exam
  • Makes teacher up to date
  • Collaboration and engagement.

Before using technology in classroom, know your school’s level in IT?

Phases of Information Communication and Technology(ICT)

  1. Literacy Phase
  2. Application phase
Literacy Phase:

In this phase, school starts to buy computers, starts to keep records in the computer, preparing letters, documents, making question papers and doing photocopies.  There may be very few laptops in the school, Start to join internet at school, start to use word, PowerPoint, YouTube and social media.

Application Phase:
  • Stage I: Buying the modern tools of IT like computer, projectors, multimedia, smart board etc in school. Installing the necessary software for the different programs. Teachers gain   the basic skills of IT and starts use in classroom teaching
  • Stage II: All the classroom is fully equipped with the modern tools of IT. All the teacher is able to integrate the knowledge and skills to the subject matter and starts teaching.
  • Stage III: Teachers will be e fully absorbed IT. Students will do homework, classwork, project work, etc using IT.
  • Stage IV: All the students will have digital device instead of textbook.  Internal evaluation, Examination, result, etc all will be via online system. Starts to use or run webinar, online and virtual class in the school.
  • Stage V: The work done by men is to be done by Artificial intelligence (AI). Teachers create different simulation and gaming for the students in related subject matter.

It is seen that student’s demand is of stage V of application phase but teachers are struggling to literacy level. Several stake holders should pay attention for the effective implementation ICT in education.

Role of Teacher

  • Increase learning habits
  • Use digital devices
  • Increase IT literacy
  • Request different  IT related and attend
  • Get online help and attend different webinar classes
  • Prepare digital teaching materials

The Role of School and Management:

  • Organize different types of IT training and workshop for the teachers
  • Send teachers for the training programs
  • Encourage teachers to use IT in classroom
  • Manage all the digital devices from hardware to software at the school
  • Collect or demand budget for the ICT from governmental bodies or any other source.
  • Organize sharing program among teachers of neighboring schools and collaborate with them

Role of Government

  • Provide sufficient budget for ICT
  • Provide digital devices as well as software for the school
  • Organize IT training for the teachers
  • Organize sharing programs related with IT 
  • Regular follow up and supervision 
  • Make policy for online exam, online evaluation system, and result

Tuesday, August 27, 2019

सामाजिक शिक्षा के हो ?

आज हाम्रो देश नेपालमा सामाजिक शिक्षा विषयको पढाइ चुनौतीको विषय बनेको छ । यसको एकमात्र कारण यसमा समावेश गरिएका विभिन्न विषयवस्तुहरू हुन् । कक्षा १ देखि ३ सम्म यसमा आफू, आफ्नो परिवार तथा छरछिमेक, हाम्रो परम्परा, सामाजिक मूल्य र मान्यता, सामाजिक समस्या र समाधान, नागरिक चेतना, हाम्रो पृथ्वी, हाम्रो विगत, हाम्रो क्रियाकलाप पढाइन्छ भने कक्षा ४ र ५ मा स्थानीय विषयवस्तुलाई समावेश गरिएको छ र कक्षा ६ देखि ८ सम्म हामी र हाम्रो समाज, जनसङ्ख्या शिक्षा, हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध र सहयोग लाई पाठ्यक्रममा समावेश गरिएको छ । यसैगरी कक्षा ९ र १० मा हामी हाम्रो समुदाय र राष्ट्र, विकासका पूर्वाधारहरू, हाम्रो पृथ्वी अन्तर्गत नेपाल र विश्वको भूगोल, हाम्रो विगत अन्तर्गत नेपाल र विश्वका घटनाक्रम तथा अन्तर्राष्ट्रिय सम्बन्ध अन्तर्गत शान्ति र सहयोग विषयलाई समावेश गरिएको छ ।



    यी विषयवस्तुहरू पढाउनका लागि विज्ञानजस्तै प्रश्नोत्तर विधि, प्रदर्शन विधि, समस्या समाधान विधि, अवलोकन विधि, छलफल विधि, खोज विधि, अभिनय विधि, परियोजना विधि, कथा वाचन विधि, घटना अध्ययन विधि निर्धारित गरिएको छ । यी विधिहरूको समुचित प्रयोगले प्राथमिक कक्षाका विद्यार्थीहरूमा अवलोकन, वर्गीकरण, समस्या समाधान गर्ने र विश्लेषण गर्ने क्षमताको विकास हुन्छ । माथिल्लो कक्षाहरूमा समाजका विभिन्न पक्षहरू, समाजमा निरन्तर भइरहेको परिवर्तनको विश्लेषण, मानव र प्रकृतिको विभिन्न क्षेत्रहरूको विश्लेषण, आर्थिक पक्षहरूको विश्लेषण गर्ने पद्धति र सोचको विकास हुन्छ । समग्रमा भन्नुपर्दा यो विषय राष्ट्र निर्माणका लागि अति आवश्यक विषयको रूपमा रहेको छ ।

    तर प्रारम्भिक कक्षाहरूमा सामाजिक शिक्षालाई गम्भीर विषयको रूपमा लिइँदैन । यसको एक मात्र कारण मेरो दृष्टिकोणमा के रहेको छ भने प्राय: जसो मानिसहरू के ठान्दछन् भने यसमा विज्ञान र गणितजस्ता केही कुरो छैन जुन वास्तविक जीवनमा काम लागोस् । समाजको यस्तो सोचले नै यस विषयलाई दोस्रो दर्जाको विषय बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । यस कारण माथिल्लो कक्षामा यस विषयसँग सम्बन्धित विषयहरू जस्तै राजनीतिशास्त्र, समाजशास्त्र, इतिहास वा भूगोल विषय रोज्ने विद्यार्थीहरूलाई कमजोर ठानिन्छ । यसको प्रमुख कारण के हो भने केही खास किसिमका व्यवसायलाई मात्र हाम्रो समाजमा उपल्लो दर्जा प्राप्त छ । 

    यहाँ ध्यान दिनुपर्ने अर्को कुरो के हो भने जुन विद्यार्थीले विज्ञान विषय रोजेर पनि त्यसमा राम्रो गर्दैन, उसलाई पनि कमजोर नै ठानिन्छ । यहाँ सामाजिक दृष्टिकोणले के स्पष्ट हुन्छ भने विज्ञान र गणितजस्ता विषयमा कमजोर विद्यार्थी नै यस्ता विषय रोज्दछन् । यसको दोस्रो कारण के हुन सक्दछ भने सामाजिक शिक्षाजस्ता विषय रसहीन हुनुका साथै जीवनमा आर्थिक उपार्जनको कुनै रमाइलो सपना देखाउँदैनन् । यसको तेस्रो कारण यस विषयको उदय केही वर्ष पहिले भएको र यसमा लगातार परिमार्जन भइरहेको हुनसक्छ ।

    कुनै पनि विषयलाई सरल र जटिल बनाउन सकिन्छ । यदि विद्यार्थीहरूलाई शुरुदेखि नै यो विषय कठिन र त्यो विषय सरल हो भन्न थालियो भने उनीहरूको मनमा पनि त्यस्तै धारणा बस्न थाल्छ । परिणामस्वरूप धेरै विद्यार्थी विज्ञान र गणितलाई जटिल र सामाजिक शिक्षालाई सरल ठान्ने भ्रममा पर्छन् । वास्तवमा कुनै पनि विषय सरल वा कठिन हुँदैन । यो मात्र व्यक्तिको रुचि र अभ्यासमा निर्भर गर्दछ ।  

    सामाजिक शिक्षामा भएका धेरै प्रकृतिका विषयहरू शिक्षकहरूका लागि चुनौतीको विषय रहेको छ । वास्तवमा कुनै पनि सामाजिक, आर्थिक, राजनीतिक वा सांस्कृतिक घटनाको पछाडि सबैको आआफ्नो विचार, सवाल र जवाफ हुन्छ । यस परिप्रेक्ष्यमा शिक्षकले यदि यी कुराहरूमाथि ध्यान पुर्‍याउँदैन भने शिक्षण अरुचिकर हुने सम्भावना बढी हुन्छ । कुनै पनि विषयप्रति अरुचिले नै सुग्गा रटाइलाई बढावा दिने गर्छ । 
    सामाजिक शिक्षा विषय अध्ययन गराउँदा पाठमा भएका सामग्रीसँगसँगै जीवनको अनुभवलाई जोड्नुपर्छ । यसको साथसाथै शिक्षकले त्यसलाई पढाउँदा कुन विधि उपयुक्त होला भन्ने ध्यान पनि पुर्‍याउनुपर्छ । यसो गर्दा कक्षा शिक्षण पनि अरुचिकर हुँदैन । यस कारण के भन्न सकिन्छ भने यदि शिक्षक उत्साही र सृजनशील छन् भने पाठ्यपुस्तकमा दिइएका सामग्री कमसल भए तापनि राम्रो शिक्षण गर्न सकिन्छ तर विडम्बना र चिन्ताको विषय के छ भने हाम्रा शिक्षकहरू उत्साही र अध्ययनशील छैनन् । यस कारण सामाजिक शिक्षा जस्ता सरस विषय पनि कक्षा शिक्षण गराउँदा विद्यार्थीहरूलाई प्राय: नीरस लाग्ने गर्छ । यसका लागि तल उल्लिखित कुरामाथि ध्यान दिनुपर्ने खाँचो छ । 

    प्रारम्भदेखि नै सामाजिक शिक्षा विषयको शिक्षक र प्रशिक्षक भएको नाताले के भन्न चाहन्छु भने यस विषयलाई पढाउने शिक्षकहरूसँग धेरै सीमित विषयगत जानकारी छ । यसका लागि सबैभन्दा पहिले पाठ्यपुस्तकलाई गम्भीरतापूर्वक स्वयं अध्ययन गनुपर्ने हुन्छ । त्यसपछि पाठसँग सम्बन्धित अन्य थप सामग्रीको अध्ययन गर्नुपर्छ । मेरो के धारणा रहेको छ भने यदि मेरो विषयगत जानकारी गहिरो छ भने म कुनै न कुनै यस्तो तरिका अवश्य भेट्छु जसबाट अरूलाई बुझाउन सजिलो हुन जान्छ । 

    सामाजिक शिक्षासँग सम्बन्धित कुनै पनि मुद्दामा शिक्षकहरूले यदि आफ्नो विद्यार्थीहरूमा सोच्ने, बुझ्ने र निर्णय लिने क्षमता विकसित गर्न चाहन्छन् भने शिक्षकले आफ्नो विचार सङ्क्षिप्तरूपमा प्रस्तुत गर्नुपर्छ तर यदि विद्यार्थीहरूले प्रश्न खडा गरेर तपाईंको विचार जान्न चाहन्छन् भने सटीक विचार प्रस्तुत गर्नुपर्छ । एउटा शिक्षकले स्वयं आफ्नो विचार व्यक्त गरेर विद्यार्थीहरूको स्वतन्त्र अभिव्यक्तिको प्रक्रियालाई रोक्नुहुँदैन अन्यथा विद्यार्थीहरूले शिक्षकको विचारलाई नै आत्मसात् गर्न सक्छन् वा यसो गर्दा विरोधी विचार अपनाउने सम्भावना पनि बढी हुन्छ । यस कारण शिक्षकहरूले सामाजिक शिक्षा अध्ययन गराउँदा कक्षामा सबैलाई समानरूपले भयरहित भई आफ्नो विचार राख्ने मौका प्रदान गर्नुपर्छ । 

    उदाहरणका लागि शिक्षकले लोकतन्त्रमा विचारको स्वतन्त्रतालाई महत्त्वपूर्ण छ भनिरहेका छन्, तर व्यवहारमा आफ्नो कक्षामा कहिले पनि यस्तो वातावरण निर्माण गर्दैनन्, जहाँ विद्यार्थीहरू खुलेर प्रश्न गर्न सकून् । सामाजिक शिक्षा पढाउँदा विद्यार्थीहरूलाई शिक्षकजस्तै आफ्नो विचार व्यक्त गर्न लगाउनुपर्छ । यहाँ शिक्षकहरूले के बुझ्नुपर्छ भने लोकतन्त्रमा तपाईंको विचार नै सर्वोपरि छैन । कोही विद्यार्थी यदि तपाईंले व्यक्त गरेको सुझावको विपरीत विचार राख्छ भने त्यस विचारलाई तुरुन्त गलत भन्नुहुँदैन । लोकतान्त्रिक प्रक्रियालाई व्यवहारमा उतार्न विद्यार्थीहरूलाई प्रश्न सोध्ने र आफ्नो मत दिने अवसर प्रदान गर्नुपर्छ । विषयवस्तुसँग सम्बन्धित यदि कुनै विचार समुदायमा चलिरहेको छ भने त्यसलाई पनि कक्षामा सामेल गर्नुपर्छ । यसो गर्दा विद्यार्थीहरूमा जीवनको व्यावहारिकतामा सामाजिक शिक्षाको उपयोगिता बुझ्न मदत पुर्‍याउँछ । यसरी गर्दा विद्यार्थीहरूको रट्ने बानीमा र्‍हास आउँछ । 

    जुन बेला कुनै समस्यामाथि निर्णय लिनुपर्ने हुन्छ, प्राय: मानिसहरू समाजबाट समर्थन प्राप्त तर वर्तमान सन्दर्भमा आफ्नो अर्थ गुमाइसकेका मतप्रति बढी आकर्षित हुने गर्छन् । कैयौंपटक मानिसहरूले कुनै समस्याको समाधान नै छैन भन्नेगरी प्रस्तुति दिइरहेका हुन्छन् जुन वास्तवमा सत्य होइन । यसको अर्थ हामीभित्र विकल्प खोज्ने अभ्यासको कमी छ । यस कारण हरेक समस्याको कम्तीमा दुई–तीनवटा विकल्प विद्यार्थीहरूलाई खोज्न लगाउनुपर्छ । त्यसपछि ती विकल्पहरूको विश्लेषण गरेर कुन विकल्प अपनाउँदा राम्रो हुन्छ भन्ने कुरा तर्कसहित किटान गर्नुपर्छ । यदि शिक्षकहरू यस प्रकारको अभ्यास आफ्नो कक्षामा गराउन सफल हुन्छन् भने केही साताभित्रै उनीहरू विकल्पसहित कुनै पनि समस्याको समाधान गर्न सफल हुन्छन् । यो अभ्यास गराउँदा शिक्षकहरूले मात्र सहयोगीको भूमिका निर्वाह गर्नुपर्छ । 

    रट्ने बिमारीको एउटा प्रमुख कारण के हो भने शिक्षकहरूले आफ्नो विचार लेख्ने विद्यार्थीहरूलाई बढी अड्ढ दिने गर्छन् । के यसो हुन सक्दैन, विद्यार्थीहरूले आफैं प्रश्न बनाएर आपैंm जवाफ पनि देऊन् । यदि हामीले यसरी जवाफ खोज्ने अभ्यास कक्षामा गर्‍यौं भने निश्चितरूपले कक्षामा परस्पर सिक्ने र सिकाउने वातावरण निर्माण हुन्छ र विद्यार्थीसहित शिक्षकले पनि आनन्दको अनूभूति गर्छन् । 

    शिक्षकहरूले विद्यार्थीहरूलाई कक्षा शिक्षणबाहेक यस्तो अवसर उपलब्ध गराउनुपर्छ जसमा विद्यार्थीहरू स्वयं कुनै संस्था, कार्यालय, कुनै ठाउँको भ्रमण गरेर त्यहाँको जानकारी हासिल गर्न सकून् । यसका लागि पहिले विद्यार्थीहरूमा प्रश्न गर्ने बानी विकास गर्नु आवश्यक हुन्छ । त्यहाँ गएर उनीहरूले जति प्रश्न सोध्छन्, उनीहरूलाई त्यतिकै बढी जानकारी प्राप्त हुन्छ । 

    सामाजिक शिक्षामा यस्ता धेरै मुद्दाहरू हुन्छन् जसलाई विद्यार्थीहरूको समूह तयार गरी प्रोजेक्ट कार्यको रूपमा दिन सकिन्छ । यसबाट उनीहरूमा विषयप्रति समझको साथसाथै प्रश्न निर्माण गर्ने, त्यसबारे जानकारी प्राप्त गर्ने, त्यसको विश्लेषण र निष्कर्ष निकाल्ने सीप विकास हुन्छ । परस्पर सहयोग गर्ने भावनाको विकास, समूहमा काम गर्ने बानीको विकास, उनीहरूभित्र मानवीय मूल्य र मान्यताको विकासको सम्भावना यस्ता कार्यहरूमा बढी हुने गर्दछ । यसो भन्नुको अर्थ एकअर्कालाई सहयोग गर्नु, एकअर्काको विचारप्रति संवेदनशील हुनु र एउटा सर्वमान्य विचार तयार गर्नु जस्ता भावनाहरूको विकास हुनु हो । 

    सामाजिक शिक्षा पढाउने शिक्षकहरूले पाठ्यपुस्तक बाहेकको जानकारीलाई पनि शिक्षणमा सामेल गर्नुपर्छ जस्तै समाचारपत्र पढ्नु, चित्र कोर्नु, पत्र लेख्नु, संस्मरण लेख्नु, चलचित्र जस्ता कुराहरूलाई आधार बनाएर शिक्षणलाई रुचिकर बनाउन सक्छन् । यदि यस प्रकार सामाजिक शिक्षाको शिक्षण गरियो भने विद्यार्थीहरू विद्यालयको शिक्षाबाहेक बाहय ज्ञानले पनि परिपूर्ण हुन्छन्, जुन व्यावहारिक जीवनमा धेरै काम लाग्छ । उनीहरूमा रट्ने प्रवृत्ति अन्त्य हुन्छ । शिक्षणमा स्थानीयताले प्रवेश पाउँछ । यस कारण सामाजिक शिक्षा पढाउने शिक्षकहरूसँग मेरो अनुरोध के छ भने तपाईंले पनि यसलाई अभ्यासमा ल्याएर सकारात्मक परिणामको अनुभूति स्वयं गर्नुहोस् ।

Wednesday, August 21, 2019

कक्षा ९ नेपाली नमुना प्रश्न पत्र

कक्षा ९ को नेपाली प्रश्नपत्रको नमुना नयाँ पाठ्यक्रम अनुसार
कक्षा : नौ                                                                                                                  पूर्णाङ्क : ७५
विषय : नेपाली                           समय : २ घण्टा १५ मि.                                         उत्तीर्णाङ्क : ३०

१.  समूह ‘क’ मा दिइएका शब्दहरुको अर्थ समूह ‘ख’ बाट पहिचान गरी जोडा मिलाउनुहोस् ।            २

        समूह ‘क’                            समूह ‘ख
        प्रतिमा                                  आश्चर्यमा परेको
        विस्मित                                 राम्रो
        सम्यक                                 सालिक
        विभूषण                                खारेज
                                                   अलङ्कार
                                                    समीर
२.  कोष्ठकमा मिल्ने शब्द छानी तलका खाली ठाउँमा भर्नुहोस् ।                                                       २
        क) ‘द्रुम’ को अर्थ .............होइन । (घर, वन, जङ्गल)
        ख) ‘परोक्ष’ को विपरीतार्थक ..........होइन । (प्रत्यक्ष, अप्रत्यक्ष, समक्ष)
        ग) ‘आँखा’ का पर्यायवाची शब्द ............हो । (ललाट, कर्ण, नयन)
        घ) ...................श्रुतिसमभिन्नार्थी शब्द हुन् । (चिर–चीर, कीर्ति–सुकीर्ति, चिर–पिर)
३.  अर्थ स्पष्ट हुने गरी वाक्यमा प्रयोग गर्नुहोस् ।                                                                            २
प्रदूषण, दुनो सोझ्याउनु
४.  तल दिइएको वाक्यलाई शुद्ध पारी सार्नुहोस् :                                                                         २
क) सामाजीक अवस्था राम्रो भयेमा मात्र देशले उन्नतीको शिखर चूम्न सक्छ ।
ख) तल दिइएका शब्द समूहबाट शुद्ध शब्द छानी लेख्नुहोस् ।                                                      १
  (अ)    i. सारांश   ii. साराम्श   iii. षारांश         iv.  शारांश
  (आ)   i. मात्रिभूमि ii. मातृभुमि   iii. मातृभूमि  iv. मात्रृभूमी
५.  रेखाङ्कित शब्दहरुको पदवर्ग छुट्याउनुहोस् :                                                                         ३
प्रकृतिको विनाश गर्न खोज्ने मानिस हो, तथापि सबै मानिस त्यति पापी र अधर्मी कहाँ छन् र ?
६.  क) तलका उपसर्ग र प्रत्यय लगाई एक एकओटा शब्द बनाउनुहोस् ।                                       २
       उपसर्ग : अति, कु
        प्रत्यय : इक, तव्य
ख) समास र विग्रह गर्नुहोस् :                                                                                                    १
        सप्तर्षि, निलो कण्ठ भएको
७.    कोष्ठकमा दिइएको धातु र संकेतका सहायताले वाक्य पूरा गर्नुहोस् ।                                    २
        क) छोरीले हामीलाई ................। (बोलाउ : अज्ञात भूत)
        ख) उमेशले आफ्नो पाठ ............। (पढ् : पूर्ण भविष्यत्)
        ग) हामी विद्वान ..........................। (बन् : इच्छार्थक)
        घ) तिमीहरु बजारमा ................। (बस् : पूर्ण वर्तमान)
८.  कोष्ठकको दिइएको संकेतको आधारमा वाक्य परिवर्तन गर्नुहोस् ।                                          ४
        क) परीक्षामा राम्रो लेखियो । (कर्तृवाच्य)
        ख) तिमीहरु देशका असल नागरिक हौ । (प्रथम पुरुष)
        ग) विद्यार्थीहरु गृहकार्य गर्छन् । (प्रेरणार्थक)
        घ) उसले कहिल्यै जित्दैन । (करण)
९.  पूर्ण भूतकालका क्रियाको प्रयोग गरी तिन वाक्यमा आफूले गरेको अविष्मरणीय कामको बारेमा  वर्णन                 गर्नुहोस् ।                    ३
१०.  तल दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नहरुको छोटो उत्तर लेख्नुहोस् :                                 ५
  जलस्रोतका दृष्टिले नेपाल धेरै धनी राष्ट्र हो । यहा“को अपार जल सम्पदाको प्रयोग गर्नाले नेपालको आर्थिक विकासमा ठूलो टेवा पुग्छ । मुलुकको सर्वाङ्गीण विकासका लागि अर्थतन्त्रको महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले यहा“का नदीनालाबाट विद्युत शक्तिको उत्पादन गरी विदेशी मुद्रा आर्जन गर्नेतर्फ सरकारी स्तरबाट योजना तर्जुमा गरी त्यसतर्फ विशेष कार्यक्रम निर्धारण गरिनुपर्दछ । नेपालका ६ हजारभन्दा बढी नदीनालाहरुबाट विद्युत शक्तिको उत्पादन गरी आफूलाई चाहिनेभन्दा बढी विद्युत शक्ति अन्य राष्ट्रहरुलाई बिक्री गरी त्यसबाट आर्जित आयबाट राष्ट्र निर्माणका हरेक क्षेत्रमा लगाउन सकिन्छ ।
प्रश्नहरु :
        (क) माथिको गद्यांशबाट २ ओटा विशेषण शब्दहरु टिप्नुहोस् ।
        (ख) ‘अ’ उपसर्गबाट २ ओटा शब्द निर्माण गरी तिनीहरुको बनोट देखाउनुहोस् ।
        (ग) ‘भूमिका’ र ‘मुद्रा’ शब्दको अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् ।
        (घ) जलस्रोतको दृष्टिले नेपाल कस्ता देश हो ?
        (ङ) आय आर्जन गर्ने उपाय के हो ?
११.  तल दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नहरुको उत्तर लेख्नुहोस् ।                                                  ५
  दशैं जेजस्तो गरेर पनि मनाउनका लागि लुगा कपडा किन्नुपर्छ, मिठो मसिनो न खानुपर्छ भन्ने मान्यता एकदमै गलत हो । यही नकारात्मक मानसिकताका कारण आज हामी घर आ“गनमा दशैं दशाको दशैं र अनावश्यक तडकभडकको दशैं हुने गरेका छ । आफ्नो गच्छेअनुसारको खाने खुवाउने होइन ऋण गरेरै भए पनि अनावश्यक खर्च गर्नैपर्छ भन्ने भएको छ । दशैंको स्वच्छ र सबल सँंस्कृतिक पक्षको दुरुपयोग तपाइ“ हामीबाट भैरहेका कुरालाई कदापि नकार्न मिल्दैन । वास्तवमा दशैंभित्र भएको धार्मिक महत्त्वका कुराहरु पनि दशैंभित्र भएको तथ्यलाई नकार्न मिल्दैन । अहिलेको परिस्थितिलाई मात्र आधार मानेर यस पर्वलाई मूल्याङ्कन गर्ने हो भने दशैंका राम्रा पक्षहरु छुट्छन् । यसभित्र राम्रा आचरणका कुराहरु छन् । नारीलाई आदरभाव दर्शाउने, पाप र धर्मका कुराहरु नैतिकता र सद्भावका कुराहरु पनि यसमा छन् । यी सारा कुरा बिर्सिए हामी अनावश्यक देखासिकी गर्दैछौं ।
प्रश्नहरु :
      क) कस्तो मान्यता एकदमै गलत हो ?
      ख) आजकालको दशैं कस्तो हुने गरेको छ ?
      ग) नेपाली जनमानसमा कस्तो मान्यताले जरा गाडेको छ ?
      घ) दशैंका राम्रा पक्षहरु के के हुन् ?
      ङ) ‘सद्भाव’ र ‘आचरण’ शब्दको अर्थ लेख्नुहोस् ।
१२.   तलको अनुच्छेद राम्ररी पढी चार ओटा बुँदा टिप्नुहोस् र एक तृतीयांशमा सारांश लेख्नुहोस् । २+३=५
मानव बेचबिखबाट पीडित मानिसहरुलाई उपयुक्त क्षतिपूर्ति दिलाउने काम सुरु गर्नुपर्छ । पीडितहरुलाई पुनस्र्थापनाका लागि आवश्यक योजनाहरु ल्याउनुपर्छ । रोजगारीको अवसर दिलाउनुपर्छ । पारिवारिक पुनर्मिलन गराउने र समाजमा समायोजन गराउने जस्ता कार्यहरुमा जोड दिनुपर्छ । हरेक सचेत मानिसले मानव बेचबिखन जस्तो अमानवीय दुष्कार्यका विरुद्ध लाग्नुपर्छ । परिर्वन आफैंबाट सुरु गर्नुपर्छ । यस अर्थमा हरेक सचेत विद्यार्थीका नाताले मानव बेचबिखन विरुद्धको अभियानमा आजैदेखि सक्रिय रहने प्रण गर्नुपर्छ ।
१३.    तलका मध्ये कुनै एक प्रश्नको उत्तर दिनुहोस् ।
क)    दिइएका बुँदाहरका आधारमा एउटा जीवनी लेखी शीर्षक पनि दिनुहोस् :                                  ४
         नाम : लेखनाथ पौड्याल
        जन्म : वि.सं. १९४१ पौष शुक्ल एकादशी
      जन्मस्थान  :अर्घाैं अर्चले, कास्की
      पितामाता : दुर्गादत्त पौड्याल र वसुन्धरादेवी पौड्याल
      शिक्षा : संस्कृतमा मध्यमा
      योगदान : हलन्त बहिष्कार आन्दोलन
      पहिलो कविता : शृङ्गार पच्चिसी र मनषाकर्षिणी
      कृतिहरु : कविता सङ्ग्रह : लालित्य भाग १ र २,
खण्डकाव्य ऋतु विचार, बुद्धि विनोद, मेरो राम
नव्यकाव्य : तरुण तपसी
नाटक : भतृहरि निर्वेद
       प्रथम आधुनिक कवि,
माध्यमिक र आधुनिक दुवै कालमा कविता रच्ने कवि,
परिष्कारवादी कवि,
प्रकृति र वेदान्त दर्शनको बेजोड चित्रण
२००८ मा कवि शिरोमणि उपाधिबाट सम्मानित

मृत्यु  : २०२२ फाल्गुन ७ गते ।
ख) बाल बालिकालाई बजारिया खाना खाजाका रुपमा नदिई घरेलु खानेकुरामा नै जोड दिन आग्रह गर्दै गाउँमा खेती गरी बस्नु भएका मामालाई चिठी लेख्नुहोस् ।   
१४. कुनै एक उद्धरणको सप्रसङ्ग व्याख्या गर्नुहोस् ।                                                                               ४
क)  चपाउँदै मस्त भएर बेसरी
  कुहू कुहू गर्दछ त्यो घरी घरी
ख) मानिसमा मात्र होइन, अन्य प्राणीमा पनि सेवको पैचौं तिर्ने प्रवृत्ति पाइँदो रहेछ ।
१५.  तलका मध्ये कुनै दुईको संक्षिप्त उत्तर दिनुहोस् ।                                                                          ८
क)  कल्पलताले अनारमा हिरा फलेको देखाउन छिमेकीलाई बोलाइन् र पोल्टामा भएको हिरा देखाइन् । हिरा देखेपछि छिमेकीहरु पनि छक्क परे । ‘यी कल्पलताले यति धेरै हिरा कहा“ पाइन् होला’ भनी उनीहरु एक आपसमा हेराहेर गर्न थाले । कल्पलताले उनीहरुलाई अनारको वृत्तान्त सुनाइन् । यी कुरा सुनेपछि छिमेकीहरुले उनलाई भने, ‘हेर, यो तिम्रो परीक्षण हो । तिम्रो धैर्य र श्रमप्रतिको आस्था पनि हो । यो तिमीले गरेको सेवाको फल हो । ढुकुरले समेत तिम्रो परीक्षण गर्यो। तिम्रो सेवाबाट खुसी भएर तिम्रो इच्छा पुरा गराउन उसल यो फल तिमीलाई दियो । ‘सेवा गरे मेवा मिल्छ’ भनेको यही त हो नि ।’’ छिमेकीका यी कुरा सुनेर कल्पलता गम्भीर भइन् र भनिन्, ‘हो रहेछ, साँच्चै ईश्वर भनेको यही त होला नि ! ईश्वरले देख्छन्, दुःख गरे सुख पाइन्छ भनेको छ साँचो रहेछ । मानिसमा मात्र होइन, अन्य प्राणीमा पनि सेवाको पैंचो तिर्ने प्रवृत्ति पाइँदो रहेछ । ढुकुरलाई मैले बचाएँ । उसले त मलाई त्यसभन्दा पनि धेरै माया दिएर गयो ।’’
प्रश्नहरु :
         क) कल्पलताको छिमेकीका बारेमा बताउनुहोस् ।
         ख) माथिको प्रसङ्गबाट कस्तो शिक्षा पाइन्छ ?
ख)  मधेसको पवित्र छठ र त्यहीँ जानकी माटाको चन्दन लगाउँदै
सष्णिुताको यात्रा सुरु गरौं
गाउँदा गाउँदै जहा रोकेका थियौं सेलोको भाका
त्यहींबाट गाउँदै बन्धुत्वको गीत
उज्यालोको यात्रा सुरु गरौं
प्रश्नहरु :
क) ‘सहिष्णुताको यात्रा’ भन्नाको के हो ?
ख) माथिको कवितको मूल भाव लेख्नुहोस् ।
ग) श्री ३ चन्द्र शमशेरले टुँडिखेलमा आयोजित समारोहमा नेपालबाट दास मुक्त भएको घोषणा गरे । पशुपतिनाथको ढुकुटीबाट छत्तिस लाख सत्तरी हजार रुपैयाँ झिकेर मालिकहरुलाई दासदासीको मूल्य चुक्ता गरियो । यसरी नेपालभरिबाट उनन्साठी हजार आठ सय त्रिपन्न दासदासीहरु मुक्त भए ।
दासप्रथा उन्मूलनको घोषणापछि चन्द्र शमशेर आनन्दले निदाउन थाले । छ्याङ्ग उज्यालो हुँदासम्म पनि उनी मस्त निदाइरहेका हुन्थे ।
प्रश्नहरु :
        क) नेपालमा दासप्रथाको उन्मूलन कसरी भयो ?
        ख) माथिको गद्यांशमा चन्द्र शमशेरको कस्तो स्वभावको चर्चा गरिएको छ ?
१६.   ‘म को हु’ निबन्धमा निबन्धकारले चोरी गर्ने कुराप्रति तपाइ“को सहमति वा असहमति के छ ?
          तर्क दिनुहोस् ।                                                                                                                                ४
१७.  कुनै एक प्रश्नको लामो उत्तर लेख्नुहोस् :                                                                                              ८
        क)  जीवनमा प्राप्त अवसरले मानिसलाई प्रगति मार्गमा डोर्याउछ भन्ने कुरालाई रामशरण दर्नालको                       जीवनीका आधरमा पुष्टि गर्नुहोस् ।
         ख)  ‘वसन्त कोकिल’ कवितामा कविले प्रकृतिकाके वर्णन कुन रुपमा गरेका छन्, विवेचना गर्नुहोस् ।
१८.  कुनै एक शीर्षकमा कम्तीमा १५० शब्दमा नघटाई निबन्ध लेख्नुहोस्  ।                                                    ८
         क) मेरो राष्ट्र : मेरो गौरव
         ख) समयको सदुपयोग
         ग) सीपमूलक शिक्षा र आत्मनिर्भरता
समाप्त